उपचारको क्रममा मृत्यु भएका बालकमा कोरोना पुष्टि

काठमाडौं । उपचारको क्रममा शुक्रबार वीरगन्ज हेल्थ केयर हस्पिटलमा मृत्यु भएका ५ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्थायी कोभिड अस्पतालका कोर्डिनेटर डा.उदयनारायण सिंहका अनुसार बालकको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

बाराको निजगढ नगरपालिका–६ निवासी बालकलाई शुक्रबार बिहान हस्पिटलमा ल्याइएको थियो । निमोनिया र ज्वरो देखिएपछि उनको आरडिटी गर्दा आरडीटी पोजिटिभ आएपछि आइसोलेसन वार्डमा सारेर उपचार गर्ने क्रममा मृत्यु भएको थियो ।

शुक्रबार अपरान्ह स्वास्थ्य अवस्था खराब भएपछि बालकलाई भेन्टिलेटरमा राखिएकोमा मृत्यु भएको थियो । बालकलाई निजगढको सामुदायिक अस्पतालले वीरगन्ज रेफर गरेको खुलेको छ ।

मृतक बालकमा कोरोना पुष्टि भएपछि उनको शव व्यवस्थापन गर्न नेपाली सेनाको टोली अस्पताल पुगेको बताइएको छ ।

शनिबार, ३१ जेठ, २०७७, बिहानको ११:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर