भारतमा संक्रमित तीन लाख नजिक, संक्रमित संख्यामा विश्मै चौथो

विराटनगर । भारतमा कोरोना भाइरस संक्रमितको संख्या तीन लाख नजिक पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार १२८ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरसको संक्रमण हुने मानिसको संख्या २ लाख ९८ हजार २८३ पुगेको हो ।

लगातार संक्रमितको संख्या थपिएसँगै सबैभन्दा धरै संक्रमित हुने देशहरुको सूचिमा भारत चौथो स्थानमा पुगेको छ । एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख ४६ हजार ९७२ जना संक्रमणमुक्त भएका छन् ।

एकैदिन ३९४ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या पनि ८ हजार ५०१ पुगेको छ । कोराना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर, जुन १ देखि खुकुलो लकडाउन छ ।

विश्मै सबैभन्दा धेरै संक्रमित अमेरिकामा छन् । अमेरिकामा २० लाख ८९ हजार संक्रमित पुग्दा ब्राजिलमा ८ लाख ५ हजार र रुसमा ५ लाख २ हजार संक्रमित पुगेका छन् । विश्वभर संक्रमितको संख्या ७५ लाख ९६ हजार पुगेको छ भने ४ लाख २३ हजारभन्दा धेरैको ज्यान गएको छ ।

शुक्रबार, ३० जेठ, २०७७, बिहानको ०९:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर