काठमाण्डौ । छाउनी अस्पतालमा कार्यरत नेपाली सेनाका जवानले आफैंलाई राइफल प्रहार गरी आत्महत्या गरेका छन् । डम्बर बहादुर विष्टले स्वयंलाई गोली प्रहार गरी आत्महत्या गरेका हुन् ।
बैतडीको सुर्मा गाउँपालिका–५ घर भएका विष्टले गएराति करिव १२ बजेको समयमा ड्युटी बसेकै बेला आत्महत्या गरेका हुन् । विष्टले आफुसँग रहेको एसएलआरबाट छातिमा गोली हानेका थिए । विष्टको तत्कालै मृत्यु भएको थियो । मृतक जवान अस्पतालमा मेडिकल कोर्स गरिरहेको अस्पतालले जनाएको छ ।