विराटनगर । प्रदेश १ मा बिहीबार ८ जनामा कारोना पुष्टि भएसँगै संक्रमितको संख्या ३०४ पुगेको छ ।
बिहीबार उदयुरमा २, झापामा ३ र सुनसरीमा ३ जनामा कोरोना पुष्टि भएको प्रदेश सरकारले जनाएको छ । उदयपुरको त्रियुगामा २, झापाको कचनकबलमा ३, सुनसरीको रामधुनीमा १ र हरिनगरामा २ जनामा कोरोना पुष्टि भएको हो ।
प्रदेश १ को ओखलढुंगा जिल्लाबाहेक सवै जिल्लामा कोरोनाको संक्रमण पुष्टि भएको छ । पछिल्ला दिन भेटिएका संक्रमितहरु सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरु हुन् ।
प्रदेशसमा सबैभन्दा धेरै संक्रमित झापामा १५४ जना भेटिएका छन् । त्यसबाहेक मोरङमा ३९, सुनसरीमा ४६, धनकुटामा ८, भोजपुरमा ६ र खोटाङमा ४ जना संक्रमित पहिचान भएको छ । यसैगरी उदयपुरमा ३९, सोलुमा १, संखुवासभामा २, तेह्रथुममा २, इलाममा १ र ताप्लेजुङमा ४ जनामा कोरोना पुष्टि भएको प्रदेश सरकारले जनाएको छ ।
प्रदेशमा अहिलेसम्म १५५ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । संक्रमितहरूको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगर, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजमा उपचार भइरहेको छ ।
प्रदेशमा बिहीबारसम्म १३ हजार ९ जनाको पिसिआर बिधिबाट र १४ हजार ६५४ जनाको आरडिटी बिधिबाट परीक्षण भएको सरकारले जनाएको छ ।