४० यात्रुसहित टिपर कर्णालीमा खस्यो

काठमाडौँ । कालिकोटका ४० जना यात्रु बोकेको टिपर कर्णाली नदीमा खसेको छ ।

भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा लैजाँदै गर्दा ना ८ ख ५१३३ नम्बरको टिपर नदीमा खसेको हो ।

कालीकोटाको जिते बजारबाट यात्रु बोकेर हिँडेको टिपरले उनीहरुलाई राकोट नगरपालिकाको क्वारेन्टाइन लैजाँदै गर्दा दुर्घटना हुन पुगेको कालीकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताउनुभयो । उहाँका अनुसार कर्णाली करिडोर अन्तर्गत लालिगा भीरबाट टिपर नदीमा खसेको हो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा पुगिसकेको र उद्दार कार्य भइरहेको प्रजिअ गैरेले बताउनुभयो । घटना भएको ठाउँमा फोनले काम नगर्ने भएकोले दुर्घटनाको विस्तृत विवरण आउन समय लाग्ने प्रशासनले जनाएको छ ।

जितेबजारको पारीपट्टी कर्णाली र तिला नदीको संगमस्थलमा टिपर खसेको हो ।

बुधबार, २८ जेठ, २०७७, दिउँसोको ०१:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर