आइतबार विश्वमा अहिलेसम्मकै उच्च संक्रमणः डब्लुएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठनले आइतबार विश्वमा अहिलेसम्मकै धेरैमा कोरोना भाइरसको संक्रमण देखिएर नयाँ रेकर्ड बनेको जनाएको छ।

सोमबार संगठनले कोरोनाको महामारी थप भयावह हुने चेतावनी दिँदै संक्रमण कम हुँदै गएका मुलुकलाई थप सचेत हुन भनेको छ ।

‘बितेका १० दिनमा ९ दिन १ लाखका दरले नयाँ संक्रमित रिपोर्ट भएका छन्ु, संगठनका प्रमुख टेड्रोस अदनोम घेब्रेयसस भने, ‘हिजो (आइतबार) १ लाख ३६ हजार नयाँ संक्रमित रिपोर्ट भएका छन्, यो आजसम्मकै उच्च हो।’

सोमबार रिपोर्ट भएका संक्रमितमध्ये तीनचौथाई संक्रमित १० मुलुकका छन् । अधिकांश संक्रमित अमेरिका र दक्षिण एसियाका हुन् । युरोपको अवस्थामा सुधार आएको डब्लुएचओले जनाएको छ ।

डब्लुएचओले रंगभेद विरूद्ध विश्वव्यापीरूपमा प्रदर्शन गरिरहेका मानिसहरूलाई आफ्नो सुरक्षामा ध्यान दिन आग्रह गरेको छ । प्रदर्शनकारीलाई प्रदर्शन गर्दा सामाजिक दूरी कायम गर्न, मास्क लगाउन, हात धुन र मुख छोपेर खोक्न र विरामी भएमा घरै बस्न भनेको छ ।

टेड्रोसले संक्रमण कम हुँदै गएका मुलुकलाई भाइरसप्रति शालिन रहनु सबैभन्दा ठूलोको खतरा भएको चेतावनी दिएका छन्। महामारीका कारण हालसम्म विश्वका ७१ लाख ९८ हजार बढी मानिसमा संक्रमण प्रमाणित भइसकेको छ।

यस्तै ४ लाख ८ हजार बढीको कोरोनाका कारण ज्यान गइसकेको छ। मृतकमध्ये एक चौथाई अमेरिकाका नागरिक हुन्।

मङ्गलबार, २७ जेठ, २०७७, बिहानको ०९:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर