विराटनगर। पछिल्लो दिनयता दैनिक ३ अंकले कोरोना संक्रमित थपिइरहेको नेपालमा अब ७ जिल्ला मात्र संक्रमणबाट सुरक्षित रहेका छन् ।
शनिबार डोल्पा र जाजरकोटमा पनि संक्रमण पुष्टि भएपछि कोरोना संक्रमण ७० जिल्लामा फैलिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार अहिलेसम्म संक्रमण नदेखिएका ७ जिल्लामा प्रदेश १ का दुई जिल्ला, बागमती प्रदेशको १, गण्डकीका २, प्रदेश ५ को १ र कर्णालीका १ जिल्ला रहेका छन् । प्रदेश १ का १४ जिल्लामध्ये इलाम र ओखलढुंगा मात्र अब कोरोना भाइरसको संक्रमणरहित अर्थात सुरक्षित रहेका छन्।
यस्तै बागमती प्रदेशको १३ जिल्लामध्ये रसुवा, गण्डकी प्रदेशको ११ जिल्लामध्ये मनाङ र मुस्ताङ, प्रदेश ५ को १२ जिल्लामध्ये रोल्पा तथा कर्णाली प्रदेशका १० जिल्लामध्ये रुकुम पश्चिममा संक्रमित भेटिएको छैन ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।