गैंडाछाप सिमेन्ट उद्योगलाई प्रदेश मातहत ल्याउन सांसदको माग

विराटनगर । प्रदेश १ प्रदेशसभा सदस्य (सांसद) अम्बिका थापाले उदयपुर जिल्लाको गैंडा छाप सिमेन्ट उद्योगलाई प्रदेश १ सरकारको मातहतमा ल्याएर क्षमता अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ ।

प्रदेश नं. १ प्रदेशसभा बजेट अघिवेशनको शून्य समयमा बोल्नुहँदै उहाँले यस्तो बताउनु भएको हो । उहाँले प्रदेशका उदयपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, पाँचथर, ताप्लेजुङ र संखुवासभालगायतका ६ वटा जिल्लामा प्रदेशस्तरीय सरकारी क्याम्पसको व्यवस्थापनका लागि प्रदेश सरकार समक्ष आग्रह गर्नुभयो ।

त्यस्तै नेपाली काङ्गे्रसका प्रमुख सचेतक केदार कार्कीले आर्थिक वर्ष २०७७÷०७८ का लागि संघीय सरकार ल्याएको बजेटमा अर्थमन्त्रीको नीतिगत भष्ट्रचार झल्किएको आरोप लगाउनुभयो । उहाँले अर्थमन्त्रीले वातावरणीय दृष्टिकोणले नेपालकै उर्जा शक्ति प्रयोग हुने तथा पेट्रोलियम पदार्थको आयातमा बन्देज लाग्ने किसिमको बजेट ल्याउनुभएको जिकिर गर्नुभयो ।

त्यस्तै प्रदेश सरकारका तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्नुहुँदै सांसद उमिता विश्वकर्माले कोरोना भाईरसले निम्त्याएको आर्थिक सङ्कटसँग जुध्न आगामि नीति तथा कार्यक्रममा युवाहरुलाई कृषितर्फ आकर्षण गर्ने खालका संयन्त्रहरु निर्माण गरिनुपर्नेमा जोड दिनुभयो ।

प्रदेश नं. १ प्रदेशसभा बजेट अधिवेशनको अर्को बैठक भने जेठ २६ सोमबार दिनको ११ः३० बजेका लागि बोलाइएको छ ।

आइतबार, २५ जेठ, २०७७, साँझको ०६:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर