लोड हुँदैछ...

मेनु

दुबई र म्यानमारबाट फर्किएकाहरु चतरा आइपुगे

दुबई र म्यानमारबाट फर्किएकाहरु चतरा आइपुगे

विराटनगर । दुबई र म्यानमारबाट काठमाडौं ल्याइएका प्रदेश १ का ४१ जना नागरिकलाई शनिबार सुनसरीको चतरा ल्याइएको छ ।

सिद्धबाबा भनेर चिनिने कृष्णदास महाराजको चतरास्थित आश्रममा बनाइएको क्वारेन्टाइनमा उनीहरुलाई ल्याएको छ ।

नेपाली सेनाको समन्वयमा एउटा यात्रुबस र एउटा माइक्रोमा ल्याइएका उनीहरुमध्ये झापा, मोरङ र सुनसरी घर भएकाहरुलाई घरमै पठाइनेछ । बाँकी अन्य जिल्लाकालाई आश्रममै राखेर विस्तारै घर पठाउने प्रदेश सरकारको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।