विराटनगर । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाबाट बच्नका लागि भन्दै नयाँ निर्देशन जारी गरेको छ ।
नयाँ निर्देशन अनुसार ६० वर्षभन्दा माथि उमेर समुहका व्यक्तिहरुले अनिवार्य मेडिकल मास्क लगाउर्नैपर्ने उल्लेख छ ।
यस्तै ६० भन्दा मुनी उमेर समूहका व्यक्तिहरुले सार्वजनिक यातायात, बजार, शरणार्थी शिविर जस्ता स्थानमा जाँदा कम्तिमा घरमै बनाइएको कपडाको मास्क भए पनि लगाउन निर्देशन गरिएको छ ।
कपडाको मास्क मात्रै लगाउँदा पनि कोरोना भाइरस मिसिएका थुकका छिटाहरुबाट केही हदसम्म जोगिन सकिने डब्लुएचओको कोभिड–१९ प्रमुख प्राविधिक विज्ञ डा. मारिया भान केर्खोभको भनाइ छ ।
यसअघि सबैले मास्क लगाउन थालेपछि विश्वभर मास्क अभाव भएको र कालोबजारी फैलिएपछि डब्लुएचओले संक्रमित व्यक्तिको नजिक जाने र संक्रमित व्यक्तिबाहेक अन्य स्वस्थ व्यक्तिले मास्क नलगाए पनि हुने बताएको थियो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।