विराटनगर । कोरोना महामारीको बेला प्रभाबकारी रुपमा काम गरिरहेकी कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डा.संगिता मिश्राको सरुवाप्रति प्रदेश सरकार असन्तुष्ट भएको छ ।
प्रदेश सरकारको पहलमा विराटनगरमा स्थापना भएको कोभिड १९ उपचार केन्द्र र कोशीमा प्रयोगशाला स्थापना गरी कोरोना परीक्षणको सफल नेतृत्व गरिरहेकी डा. मिश्रालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा सरुवा गरेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको मन्त्रिस्तरीय निर्णयका आधारमा मिश्रालाई सरुवा गरिएको हो ।
प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले संघीय सरकारले समन्वय नगरी काम गर्दा कोरोना महामारीविरुद्ध लड्न असजिलो भएको बताउनुभएको छ । प्रदेश सरकारसँगको समन्वयमा प्रभाबकारी काम गरिरहेको बेला डा. मिश्राको सरुवा भएर नयाँ मान्छे आउँदा त्यही स्पिडमा काम गर्न समस्या हुने उहाँको भनाइ छ ।
संघीय सरकार मातहतको कर्मचारी भएपनि डा. मिश्राले प्रदेश सरकारसँग समन्वय गरी प्रभाबकारी काम गरिरहनुभएको थियो । दुई साताअघि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा आइसोलेसन सञ्चालनमा नआउँदासम्म प्रदेश सरकारको पहलमा स्थापना भएको कोसी अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्र कोरोना संक्रमितहरूलाई उपचार गर्ने एक मात्र अस्पताल थियो । उक्त अस्पताल सञ्चालन गर्ने डा. मिश्राकै प्रतिबद्धताको कारण प्रदेश सरकारले अस्पताल निर्माण गरेको थियो ।
विराटनगरका निजी अस्पतालहरुले सामान्य विरामीको उपचार पनि अबरुद्ध गरेको बेला डा. मिश्राको नेतृत्वमा कोशीमा सबै उपचार प्रक्रिया सुचारु भएको थियो । कोरोना संक्रमितको उपचार हुने अस्पताल र कोशी अस्पताल मात्र नभएर उपचारमा खटिने स्वास्थकर्मीहरूको परिचालनको नेतृत्व पनि उहाँले नै गरिरहनुभएको थियो । दिनरात नभनी काममा खटिने र सहज पहुँचमा रहने भएकोले उहाँको नेतृत्व क्षताको सबैतिर प्रशंसा भइहरेको छ ।
प्रदेश १ मा कोरोना उपचारको नेतृत्व गरिरहेकी मिश्रालाई प्रदेशमा संक्रमण बढिरहेको बेला गरिएको सरुवालाई कसैले पनि सहज रुपमा लिएका छैनन् । मिश्राले कर्मचारीको सरुवा सामान्य भएपनि संकटको समयमा असजिलो महुसस भएको बताउनुभयो । सरुवा भएको जानकारी आएको भएपनि पत्र आइनसकेको बताउँदै उहाँले सामान्य कर्मचारी भएकोले राज्यले पठाएको ठाउँमा जाने जानकारी दिनुभयो ।
कोशी अस्पतालको नेतृत्व सरकारले गएको माघमा डा. गुणराज लोहनीको सरुवा भएपछि सरुवा भएपछि मिश्रालाई दिएको थियो । उनको सरुवा गर्न यसअघि नै प्रयास भएपनि स्थानीय नेकपाका नेताहरुको पहलमा रोकिएको अस्पताल स्रोतले जनाएको छ । तर, अहिले उनको सरुवा भएको हो ।
कोसीमा सरकारले गजेन्द्र नारायण सिंह अस्पताल, राजविराजका मेसु डा. चुमनलाल दासलाई पठाउने निर्णय गरेको छ ।
योचाही रामरो भएन यसतो बेलामा
गुणराज लोहनि जस्तो अत्यान्तै इमान्दार मेसु जस्ले ६ महिनामा कोशि अन्चल अस्पतालको रूप फेरे उनलाई एक बर्ष पनि टिक्न नदिई सरूवा गर्दा चुं सम्म नबोल्ने र त्याहांको भ्रस्टचार र भ्रस्टचारि प्रति आखा चिम्लिने प्रदेश सरकारको आखा अहिले खुलेछ
कारण बुझि नसक्नु जस्तो पो लाग्यो त हौ हामि जनतालाई ।
कोसीलाई पनि सरकारले गजेन्द्र नारायण सिंह अस्पताल कै हालतमा पुर्याउने त होला नि अब !!