थप २७८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९ सय १२ पुग्यो

विराटनगर । शुक्रबार नेपालमा २७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार शुक्रबार २७८ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको हो।

थपिएका संक्रमिहरुमा सुनसरीका १७ जना, झापाका १२ जना, मोरङ ६ जना, भोजपुरका ५ जना, अर्घाखाँची १ जना, नवलपरासी २ जना, पाल्पा १ जना, रुपन्देहीका १८ जना, सिन्धुलीका २ जना, बाराका २ जना, तनहुँमा २ जना र कैलालीका ४ जना छन् । यस्तै अछामका १ जना, बझाङका १ जना, डडेलधुराका ५ जना, रामेछापका १७ जना, काभ्रेका ५ जना, दैलेखका ९० जना, जुम्लाका ३ जना, हुम्लाका १ जना, दोलखा १ जना, रामेछापका १ जना, गोरखाका १ जना र सुर्खेतका १ जना छन् । यसैगरी दाङका १ जना, बाराका १ जना, धनुषाका ४ जना, गुल्मीका १ जना, कपिलबस्तुका ४४ जना, कास्कीका १ जना, महोत्तरीका १७ जना र रौतहटका ६ जना थपिएका छन् ।

बिहीबार ३३४, बुधबार २०१ र मंगलबार २८८ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो। हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ। शुक्रबार पीसीआर विधिबाट ८८ हजार ३ सय ६६ र आरडीटी विधिबाट १लाख ३२ हजार ९ सय ६६ जनाको नमुना परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार २ सय ३२ र आरडीटी विधिबाट ७ हजार ४ सय २ जनाको नमुना परीक्षण गरिएको छ।

अहिले आइसोलेसन २ हजार ५ सय ६८ जनाको उपचार भइराखेको छ । नेपालमा अहिलेसम्म कोरोना जित्नेको संख्या ३ सय ३३ पुगेको छ। शुक्रबार मात्र ४३ जना डिस्चार्ज भएका छन्।

शुक्रबार, २३ जेठ, २०७७, दिउँसोको ०४:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर