कोरोनाबाट दशौं व्यक्तिको मृत्यु, मृत्यु भएको २ दिनपछि कोरोना पुष्टि

विराटनगर। कोरोना भाइरस (कोभिड १९) को संकमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ ।

पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा २ दिन अगाडि ज्यान गुमाएका पूर्वखोला गाउँपालिका १ सिलुवाका ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

भारतबाट आएर जेठ १८ गतेबाट शम्भु माविको क्वारेन्टिनमा बसेका उनको स्वास्थ्यमा समस्या भएपछि १९ गते अस्पताल लगिएको थियो । त्यही दिन उनको स्वाब संकलन गरेर परीक्षणका लागि भैरहवास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको थियो । रिपोर्ट नआउँदै २० गते उनको निधन भएकोमा बिहीबार मात्र रिपोर्ट आएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनको कारोना संक्रमणका कारण मृत्यु भएको घोषणा गरेको छ । यससँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुग्दा एक जनाको मात्र जिवित छँदा कोरोना पहिचान भएको छ । बाँकी ९ जनाको मृत्युपछि कोरोना पुष्टि भएको हो ।

बिहिबार, २२ जेठ, २०७७, साँझको ०७:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर