विराटनगर : गाई काटेर मासु बेचेको आरोपमा प्रहरीले विराटनगरबाट १ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले विराटनगर–१७ प्रतिक टोलका २८ वर्षीय सोहिल मियाँलाई मासु काटदै गरेको स्थानबाट रङ्गेहात पक्राउ गरेको हो । प्रहरीद्धारा उक्त स्थानबाट झण्डै १० किलो मासु, मासु काटन प्रयोग गरिएको अचानो, दाउ, चुलेसी र बेच्न प्रयोग गरिएको तराजु समेत बरामद गरिएको ईलाका प्रहरी कार्यालय रानीका प्रहरी निरिक्षक दीपक थापाले बताउनुभयो । उहाँले बरामद मासु ल्याब परिक्षणका लागि काठमाण्डौ पठाईने जानकारी दिनुभयो । प्रहरी नियन्त्रणमा रहेका मियाँलाई माथि पशुपन्क्षी कसुर ऐनको आधारमा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाईने प्रहरी निरिक्षक थापाको भनाई छ ।
स्थानीयबासीद्धारा आएको गोप्य सुचनाको आधारमा प्रहरीले मियाँलाई पक्राउ गरेको हो । मासु काटने अन्य व्यक्तिहरु भने फरार रहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।