प्रदेश १ मा थप २७ जनाले जिते कोरोना

विराटनगर । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत थप २७ जना कोरोनामुक्त भएका छन् ।

कोभिड १९ उपचार केन्द्रमा उपचाररत ४१ मध्ये २७ जनाको पीसिआर परीक्षणमा कोरोनामुक्त देखिएपछि डिस्चार्जको तयारी भएको छ ।

कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेण्डेन्ट डा.संगीता मिश्राका अनुसार उनीहरुलाई आजै डिस्चार्ज गर्ने तयारी भइरहेको छ । कोरोनामुक्त हुनेमा उदयपुरका ४, झापाका ७, मोरङका ६, सुनसरीका ४, सप्तरीका २ धनकुटाका ४ गरी जम्मा २७ जना छन् ।

कोभिड १९ उपचार केन्द्रबाट ६ जनामहिला र २१ जना पुरुष डिस्चार्ज हुन लागेका हुन् । ३० जनाको परीक्षण गर्दा २७ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

योसँगै प्रदेश १ मा कोरोनामुक्त हुनेको संख्या ७५ पुगेको छ । यसअघि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना र विराटनगरबाट ३० जनाले कोरोना जितेका थिए ।

प्रदेश १ मा बुधबारसम्म कोरोना संक्रमितको संख्या १८५ छ ।

(फाइल फोटो)

बिहिबार, २२ जेठ, २०७७, दिउँसोको ०३:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर