पोखरेललाई ‘इन्टरनेसनल लिडरसिप मेडल अवार्ड’

विराटनगर । विराटनगरका समाजसेवी, व्यवसायी तथा लायन्स क्लब अफ विराटनगर सिटीका अध्यक्ष घनश्याम पोखरेललाई ‘इन्टरनेसनल लिडरसिप मेडल अवार्ड’बाट सम्मान गरिएको छ ।

पोखरेललाई लायन्स डिष्ट्रिक्ट इन्टरनेसनल ३२५ ए १ का डिस्ट्रिक गभर्नर लायन इन्द्र खत्री (राजन)को सिफारिसमा इन्टरनेसनल प्रेसिडेन्टबाट सम्मान गरिएको हो ।

पोखरेललाई आफ्नो कार्यकालमा २ सय ४८ वटा विभिन्न सामाजिक कार्यक्रम गरेको र २ लाख १९ हजार ५ सय ५० जनाले सेवा पाएको विवरणका आधारमा सम्मान गरिएको हो । पोखरेललगायत अन्य १५ जनालाई विराटनगरमा एक कार्यक्रमका बीच उक्त सम्मान हस्तान्तरण गरिएको हो ।

आइतबार, १८ जेठ, २०७७, साँझको ०६:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर