क्वारेन्टाइनबाट भागेर आत्महत्या

विराटनगर । गुल्मीको क्वारेन्टाइनमा राखिएका छत्रकोछ गाउँपालिका ४ का ५६ वर्षीया चन्द्रबहादुर परियारले झुण्डिएर आत्महत्या गरेका छन् ।

छत्रकोट गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष डिलाराम न्यौपानेका अनुसार क्वारेन्टाइनभन्दा दुई सय मिटर टाढाको रुखमा झुण्डिएको अवस्थामा परियारको शव फेला परेको थियो । सो क्वारेन्टाइनमा ३० जनालाई राखिएको थियो ।

परियार शनिबार मात्रै भारतबाट आएका थिए । उनलाई आदर्श माविको क्वारेन्टाइनमा राखिएको थियो ।

आइतबार, १८ जेठ, २०७७, बिहानको ०८:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर