प्रादेशिक अस्पतालबाट कोरोना संक्रमित भागे

विराटनगर । प्रादेशिक अस्पताल जनकपुरधाममा रहेको आइसोलेसनबाट एक कोरोना संक्रमित व्यक्ति फरार भएका छन् ।

आइतबार विहानै आईसोलेसन कक्षमा रहेको एक संक्रमित व्यक्ति फरार भएको धनुषाका प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

कोरोना संक्रमित भएपछि जनकपुरधामको प्रादेशिक अस्पतालमा रहेको आइसोलेसन कक्षको झ्यालको सिसा फोडेर फरार भएका सर्लाहीका ती ४० वर्षिय संक्रमित व्यक्ति मानसिक विरामी रहेको बताइएको छ । यसअघि पनि ती संmक्रमित आइसोलेसनबाट भाग्ने प्रयास गर्दै आएका छन् ।

अस्पतालको झ्याल तोडेर फरार भएको प्रहरी नायब उपरिक्षक कार्कीले जानकारी दिनुभयो । ती संक्रमित व्यक्तिको खोजी प्रहरीले गरिरहेको छ । अहिले विशेष कोभिड अस्पतालको आईसोलेसनमा सर्लाही, महोत्तरी, धनुषा र सिरहाका कोरोना संक्रमित गरी ४० भन्दा बढी बिरामी उपचारत्त छन् ।

यसअघि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गरिरहेका दुई जना कोरोना संक्रमित भागेका थिए। पछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो।

आइतबार, ११ जेठ, २०७७, दिउँसोको १२:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर