विराटनगर । नेपालमा शनिबार अपरान्ह थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बाँकेमा २७ सहित देशभरबाट ३६ संक्रमितको संख्या थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार सेती अस्पतालमा ४ जना, कोशी अस्पतालमा झापाका ३३ वर्षका पुरूष, बैतडीका ४, बाँकेका २७, बर्दियाका १ र सुर्खेतमा ३ जनामा कोरोना देखिएको हो । उनीहरू सबैको पिसिआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
झापाका संक्रमित झापा गाउँपालिकास्थित डिल्लीराज माविको क्वारेन्टाइनमा बसेका पुरुष रहेको बताइएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । उनीहरुमध्ये ७० जना उपचारपछि निको भएको छ भने ३ जनाको मृत्यु भएको छ ।