विराटनगर । शुक्रबार साँझ थप ९ जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएसँगै एकैदिन ६६ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बारामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सिम्रौनगढ नगरपालिका–६ स्थित क्वारेन्टाइनमा बसेका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै सप्तरीमा १ जना, मकवानपुरमा १ जना र भक्तपुरमा १ जनामा कोरोना पुष्टि भएको छ । योसँग नेपालमा कुल संक्रमितको संख्या ५१६ पुगेको छ ।