एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको महामारीबाट विश्व समुदायले तत्कालै छुटकारा नपाउने जनाएको छ ।
गएको २४ घण्टामा विश्वभर १ लाख ६ हजार संक्रमित थपिएपछि डब्लूएचओले महामारीबाट तत्काल छुटकारा पाउने सम्भावना नरहेको जनाएको हो ।
संक्रमितको संख्याका हिसाबले एक दिनमा अहिलेसम्मकै सबैभन्दा ठूलो उछाल देखिएको हो । डब्लूएचओका निर्देशक टेड्रस एडहनम गीब्रिएसुसले जेनेभामा धनी मुलुकहरुले लकडाउनको स्थितिबाट बाहिर निस्कने प्रयास गरिरहँदा कोरोना भाइरस गरिब देशहरुमा तीब्र रुपमा फैलिँदै गएको बताएका छन् ।
विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५० लाख नाघेको छ भने पुगेको छ भने ३ लाख २९ हजार बढिको मृत्यु भएको छ । बीबीसीबाट