कोरोना संक्रमित संख्या ४२७ पुग्यो

विराटनगर। पछिल्लो २४ घण्टामा नेपालमा २५ जना कोरोना भाइरस (कोभिड १९) का संक्रमित थपिएपछि नेपालमा कुल संक्रमितको संख्इा २२७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार धनकुटामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु २८, २९, ३५ र ३७ वर्षका पुरुष र २४ वर्षकी महिला छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ ।

बाँकेमा थप ६ जनामा संक्रमण पुष्टि भएको छ । नरैनापुर गाउँपालिकामा ५ का १७, २०, २८, ३० र ४० वर्षीय पुरुष तथा खजुरा गाउँपालिका ५ का २७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यस्तै कपिलवस्तुमा थप १३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये २२, ३५ र ४८ वर्षीय पुरुष विजयनगरको क्वारेन्टाइनमा छन् । १० जना महाराजगञ्ज गाउँपालिकाका छन् । उनीहरुमध्ये तीन जना ३, ४ र ६ वर्षका बालिका हुन् । यस्तै १६, २५ र ३२ वर्षकी महिला र १२, २०, २४ र ३४ वर्षका पुरुषमा संक्रमण देखिएको छ ।

नवलपरासी पश्चिममा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी सुस्ता गाउँपालिका ५ को बेलवानी क्वारेन्टाइनमा छन् ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५९ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । उनीहरुमध्ये २६ जना उपचारपछि निको भएका छन् ।

बुधबार, ०७ जेठ, २०७७, साँझको ०५:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर