काठमाडौं । गुल्मीका कोरोना संक्रमित ४१ वर्षीय पुरुषको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
उनको मृत्यु भएको समाचार आएपछि अस्पतालले बिग्यप्ती जारी गर्दै भेन्टिलेटरमा राखेर उपचार भैरहेको जानकारी दिएको हो ।
गुल्मीको मदाने गाउँपालिका–६ निवासी उनको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा गम्भीर अवस्थामा उपचार भैरहेको छ ।
उनको आईसियु कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको अस्पतालको भनाई छ ।
जेठ २ गते उनको स्वाब लिएर परीक्षण गर्दा सोमबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।
उनी गुल्मी मदाने–६ पुर्कोटदहको निमावि स्कूलको प्रधानाध्यापक हुन् । ‘जेठ १ गते गुल्मी मदानेबाट अर्घाखाँचीको सन्धिखर्क हुँदै क्रिमसनमा भर्ना हुन आएका अस्पतालले जनाएको छ ।
*यसअघि अनलाईनखबरको समाचार साभार गर्दा निजको मृत्यु भैसकेको उल्लेख भएकोमा क्षमायाचनासहित सच्याईएको छ ।