एजेन्सी । संसारमा सबैभन्दा धेरै कोरोना संक्रमित भेटिनु इज्जतको कुरा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।
अमेरिकामा १५ लाख ७० हजार बढी कोरोना संक्रमित फेला परेको बेला ट्रम्पले संसारमा सबैभन्दा धेरै संक्रमित भेटिनु अमेरिकाको लागि इज्जतको कुरा भएको बताउका हुन् ।
धेरै संक्रमित भेटिनुको अर्थ अमेरिकाको परीक्षण धेरै राम्रो भएको पुष्टि हुने ट्रम्पको तर्क छ ।
कोरोना भाइरसको महामारी सुरू भएपछि सोमबार पहिलो पटक बसेको मन्त्रीपरिषद्को बैठकपछि ट्रम्पसले सो कुरा बताएका हुन् ।
संवाददाताहरूसँग कुरा गर्दै उनले भने, ‘तपाईंहरूले हामी संक्रमित संख्यामा अगाडि छौं भन्नुहुन्छ, किनकी हामीले अरूको भन्दा धेरै परीक्षण गरेका छौं।’ परीक्षण धेरै भएकोले धेरै केसहरू आएको भन्दै एन्ल्े यसलाई नराम्रो रूपमा आफूले नहेर्ने उनको भनाइ छ ।
विश्वमा ४९ लाख ८८ हजार संक्रमित हुँदा त्यसको ३१ प्रतिशतभन्दा बढि संक्रमित अमेरिकाकै छन् । जसमा ३ लाख ६१ हजार उपचारपछि निको भएका छन् । अमेरिकामा हालसम्म ९३ हजार बढी मानिसहरूले कोरोनाका कारण ज्यान गुमाएका छन्।
अमेरिकामा मंगलबारसम्म १ करोड २६ लाख मानिसहरूको कोरोना भाइरस परीक्षण भएको छ। बिबिसीबाट