कोरोना भाईरस र होमियोप्यथिक औषधी

 डा.लेखनाथ न्यौपाने

आज विश्वका धेरै देश लकडाउनमा छन् । मानिस घरबाहिर ढुक्क भएर निस्कन सकेका छैनन् । चीनको बुहान प्रान्तबाट सुरु भएको कोरोना भाईरस (कोभिड १९) ले विश्वलाई चुनौती दिइँरहदा पहिला यो भाईरसबारे जानौं । कोरोना भाईरसका प्रजाति आजभन्दा पहिले पनि देखिएको र विश्व प्रभावित भएको थियो । आजको भाईरस पनि यस्तै प्रकृतिको हो । यसको बनावटमा तीन तत्व रहेका हुन्छन् । प्रोटिन, लिपिड (फ्याट) र आरएनए । बाहिरी आवरणमा लिपिड रहने हुँदा यो भाईरस चिप्लो हुन्छ । त्यसैले साबुनपानी या कागती पानीले २० सेकेण्डसम्म मिचिमिचि हात धुँदा मात्र यसको चिप्लो सकिन्छ र भाईरस नष्ट हुन्छ ।

यो भाईरस अरु भाईरसभन्दा केही गहकिलो हुँने हुँदा खोक्दा या हाच्छिउँ गर्दा २ मिटरभन्दा टाढा पुग्दैन र जमिनमा खस्छ । जमिनमा खसेपछि बिस्तारै निस्कृय हुन्छ या कसैको सम्पर्कमा आउँछ र फेरि फैलिन्छ । त्यसैले २ मिटरको दूरी कायम गर्न भनिएको हो । हरेक वस्तु र जमिन पनि निर्मलिकरण गरिएको हो। यसरी नै यो भाईरसलाई अति सूक्ष्म माइक्रोस्कोपले हेर्दा crown (मुकुट) जस्तो देखिने हुँदा यसलाई कोरोना भाईरस भनिएको हो ।

कोरोना भाईरसले मुख्य रुपमा हाम्रो शररीको श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्छ । मुख्य गरेर नाकको फेद र जिब्रोको फेद (फ्यारिङ्स) मा यो बस्छ । त्यहाँ बसेर यसले संख्या बृद्वि गर्छ । बिस्तारै हावानली भएर फोक्सोमा पुग्छ । यसले बिस्तारै फोक्सोमा संख्या वृद्विसँगै फोक्सो कमजोर बनाउन थाल्छ । यो बेलामा संक्रमित मानिसमा लक्षणहरु देखा पर्न थाल्छ । जस्तै उच्च ज्वरो आउनु, सुख्खा खोकी लाग्नु, श्वास फेर्न कठिन हुनु, छाती दुख्नु आदि। विरामी अत्यन्तै कमजोर हुनु, बिस्तारै मृगौलाले काम गर्न छाड्नु, अरु अंगले पनि काम गर्न छाडेर रगत जमेपछि विरामीको मृत्यु हुनु । यदि विरामीमा रोग प्रतिरोधात्मक क्षमता उच्च छ र अन्य रोगबाट ग्रसित छैन भने बिस्तारै संक्रमित आफैं निको हुँदैजान्छ । आजसम्मको मृतकको अध्ययनले पनि यही देखाएको छ ।

नेपालमा मृतक संख्या कम देखिनुको कारण रोग प्रतिरोधी क्षमता उच्च हुनु या भाईरस केही कमजोर हुँदै जानु हो । या यसले रुप फेरेर मौषम र हावापानीले प्रभाव पर्नु हो । तर, यो भनेर हामीले कमजोर सम्झिनु र वास्ता कम गर्नु हुदैन । यसको मुख्य कारण छिमेकी देश भारतमा फैलिदै गएको र मृत्युदर उच्च रहेको अनि नेपालमा पनि उतैबाट धेरै संक्रमित भएर आएका र आउने क्रम पनि जारी रहेकाले होसियार र सुरक्षित रहनु पर्ने देखिन्छ ।

अब लागौं औषधीतर्फ । हरेक खाले भाईरसलाई मर्ने औषधी हुदैन । यसलाई परास्त गर्न हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता वढाएर मात्र सामना गर्न सकिन्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिने दुई तरिका छन् । एउटा पोषिलो खानेकुरा खाने, योग अभ्यास गर्ने, सम्बन्धित रोगको भ्याक्सिन लगाउने । अर्को, होमियोप्याथिक औषधी या आयुर्वेदिक औषधी सेवन गर्ने । यसमा होमियोप्याथिक औषधीमा मात्र रोकथाम नभएर सन्क्रमितका लक्षण तथा चिन्हका आधारमा औषधी दिएमा रोगी चाँडो निको हुँने र पुनः संक्रमित हुने सम्भावना पनि रहदैन । यसको परिक्षण विश्वका विभिन्न देशका विरामीमा दिएर चाँडो निको भएका र पुनः संक्रमित नभएको पाईएको छ । र मृत्यु दर पनि अरु उपचारभन्दा धेरै कम भएको अध्ययनले देखाएको छ । यसको उदाहरण यो भन्दा अगाडि देखिएका महामारीमा यसको प्रयोग गरेर सफलता पाइएको हो ।

यस पटक भने केही औषधीको नाम लक्षण र चिन्हका आधारमा दिइएको छ । त्यसमा ARSENIC ALBUM 30C मुख्य रहेको छ । यसलाई सेवन गरेमा हाम्रो शरीरमा रोग प्रतीरोधात्मक क्षमता बढाएर भाईरसले सताउन सक्दैन । यसरी नै जो संक्रमित छन् या त्यस्ता लक्षण देखिएका छन् भने योबाहेक Bryonia, Rhus tox, Gelsemium आदि औषधीको लक्षण र मानिसको स्वभाव अनुसार उपयोग गर्न नेपाल सरकारले पनि अनुमति दिईसकेको छ । अथवा सरकारको प्रोटोकलमा आएको छ । त्यसैले संक्रमण हुनबाट बच्न र भएकालाई पनि उपचार दिन सकिने हुँदा केही होमियोप्याथीक संस्थाले औषधी वितरण गर्न थालेका छन् । यसमा नेपाल सरकार र सम्बन्धित संघ संस्थाले पनि पहलकदमी लिनु आवश्यक छ । र तपाईं पनि सुरक्षित हुन माथी भनिएकामध्ये एक औषधी सेवन गर्न सक्नुहुन्छ ।

यो सुरक्षित र साइडईफेक्टरहित हुन्छ । सेवन गर्नुअघि होमियोप्याथिक चिकित्सकसँग आफ्नो विवरण बताएर लिएमा झनै राम्रो हुन्छ । यसो गर्दा अरु औषधी पनि तपाईको शरीरको बनावट र अन्य स्वभावका आधारमा छानिन सक्छन् । किनभने होमियोप्याथिक औषधी व्यात्तिmको लक्षण र चिन्हका आधारमा दिइन्छ । तर, महामारीको अवस्थामा भने धेरैमा एकै किसिमका लक्षण र चिन्हहरु हुन्छन् । यस्तो औषधिलाई जिनस इपिडिमिकस भनिन्छ । हालसम्म नेपालमा यस्तो अवस्थाका लक्षण संक्रमितमा कमै देखियो । जसको मृत्यु भयो, लक्षणको अध्यायन नै हुन सकेन । त्यसैले रोग प्रतिरोधी औषधी माथी भनिएकामा Ars alb 30 मुख्य हो । यो औषधी संक्रमित र स्वस्थ मानिस सबैले सेवन गर्न सकिन्छ ।

मङ्गलबार, ०६ जेठ, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर