लोड हुँदैछ...

मेनु

इटहरीका कटुवालको कोरोनाबाट साउदीमा मृत्यु

इटहरीका कटुवालको कोरोनाबाट साउदीमा मृत्यु

इटहरी । कोरोना (कोभिड १९) भाइरसको संक्रमणबाट सुनसरीको इटहरीका लिलामान (काजी) कटुवालको मृत्यु भएको छ ।

वैदेशिक रोजगारको लागि साउदीमा रहेका इटहरी ५ का ५१ वर्षीय कटुवालको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

कटुवाल वैशाख १ गतेबाट बिरामी भई साउदीको अस्पताल भर्ना भएका थिए । १५ वैशाखबाट गम्भीर बिरामी परेका उनलाई भेन्टिलेरमा राखेर उपचार भईरहेकोमा २० वैशाखमा निधन भएको भएपनि हस्पिटलले सोमबार मात्र जानकारी दिएको पारिवारिक स्रोतले जनाएको छ ।

साउदीमा उनीसँगै रहेका कटवालका सालोले इटहरी ५ स्थित परिवारलाई मृत्युबारे खबर गरेका हुन् । उनको शब ल्याउन हालको परिस्थितीमा कठिनाई भएकाले उत्तै दाहसंस्कार गरिएको छ ।

कटवालको घरमा मंगलबारबाट उनको काजक्रिया शुरु गरिएको छ । उनी गत वर्ष चैत्रमा घर आएर फर्किएका थिए । ७ दिनअघिसम्म उनी बिरामी अवस्थामै परिवारका सदस्यसँग भिडियोमा कुराकानी गरेको पारिवारिक श्रोतले जनाएको छ ।

मृतकका श्रीमति, दुई छोरी र एक छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।