विराटनगर । नेकपा विराटनगर महानगरपालिका वडा नं. ११ शाखा कमिटीको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
विराटनगर–११ स्थित श्री जनपथ माविमा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान जीवन दान भन्ने मुल नाराका साथ गरिएको रक्तदान कार्यक्रममा ६७ जना रक्तदाताहरुबाट रगत सङ्कलन भएको छ ।
लकडाउनका कारण विराटनगरको ब्लड बैंकमा रगतको अभाव सिर्जना भएपछि रक्तदान कार्यक्रमको आयोजना गरिएको नेकपा विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाले बताउनुभयो ।
त्यस्तै नेकपा ११ नम्बर वडा कमिटीकी अध्यक्ष ममता प्रधानले रगतको अभावमा ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले कार्यक्रम राखिएको बताउनु भयो ।