प्रदेश १ : छुट्टा–छुट्टै घटनामा तीन जनाको मृत्यु

विराटनगर । झापाको बुद्धशान्ति गाउँपालिका–१ का ४२ वर्षीय पदमलाल गड्तौलाको करेन्ट लागेर मृत्यु भएको छ ।

शनिवार बेलुका साढे ७ बजेको समयमा आफ्नै घरमा रहेको फ्रिजको तार सर्ट भई अचानक करेन्ट लाग्दा घाईते भएका गड्तौलालाई उपचारको लागी झापाको बि.एण्ड.सी. अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुधवारेले जनाएको छ ।

यस्तै वैशाख १० गते तमोर नदीमा माछा मार्न गएका आठराई त्रिवेणी गाउँपालिका–२ का १७ बर्षीय मनोज काम्बाङ हराएको १० दिन पछी मृत फेला परेका छन् । नदीमा माछा मार्न गएका काम्बाङ हराएर बेपत्ता भएसंगै खोजतलास गरिरहेको प्रहरी र स्थानीयको टोलीले शनिवार बेलुका साढे ६ बजे तेह्रथुमको आठराई गाउँपालिका–२ को ईवा र आठराई गाउँपालिका–३ ह्याकुको सिमानामा पर्ने हिउदिया दोभानमा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यसैबीच झापाको अर्जुनधारा नगरपालिका-१ का ६५ वर्षीय दुर्गा खपाङ्गी मगर सानोमेचे खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् । शनिवार बिहान ९ बजेको समयमा खपाङगी मगर खोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

आइतबार, २१ बैशाख, २०७७, साँझको ०६:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर