राष्ट्रिय युवा संघद्वारा कोरोना परीक्षण बुथ हस्तान्तरण

विराटनगर । राष्ट्रिय युवा संघ नेपालले प्रदेश नं. १ सरकारलाई कोरोना भाइरसको परीक्षणका लागि स्वाब संकलन बुथ हस्तान्तरण गरेको छ ।

संघले विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका लागि निर्माण गरेको बुथ प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत्त कार्की र सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई आज हस्तान्तरण गरेको हो ।

कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण तथा न्यूनीकरण गर्न मद्दत पु¥याउने उद्देश्यले युवा संघका अन्य पदाधिकारीको सहयोगमा कानेपोखरीस्थित बयरबनमा बुथ निर्माण गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरिएको संघका केन्द्रिय सदस्य मुकेश बुढाथोकीले बताउनुभयो । उहाँले कूल ८५ हजारको लागतमा नमुना सङकलन बुथ निर्माण गरिएको जानकारी दिनुभयो ।

कोरोना भाइरसको महामारीलाई रोकथाम तथा न्यूनीकरण गर्न हरेक क्षेत्रमा राष्ट्रिय युवा संघ सक्रिय भएर लागि परेको नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले बताउनुभयो ।

सोही अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले स्थानीय स्रोत, साधन तथा प्रविधिको उच्चतम प्रयोग गरी निर्माण गरिएको नमुना संकलन बुथका लागि आभार प्रकट गर्नुभयो । संघले यसअघि पनि बुथ निर्माण गरेर सुन्दहरैंचा र बेलबारी नगरपालिकालाई हस्तान्तरण गरिसकेको छ ।

आइतबार, २१ बैशाख, २०७७, साँझको ०६:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर