लायन्स क्लव अफ विराटनगर हेल्थ प्रोफेसनल दोस्रो वर्षमा, नयाँ कार्य समिति चयन

विराटनगर । लायन्स क्लव अफ विराटनगर हेल्थ प्रोफेसनल दोस्रो वर्षमा प्रवेश गरेसँगै नयाँ कार्य समिति पनि चयन भएको छ । नयाँ कार्यसमितिलाई जुलाई १ देखि कार्यभार हस्तान्तरण गरिने छ ।

नयाँ नेतृत्वमा अध्यक्ष हैदर अलि, प्रथम उपाध्यक्षमा प्रमोद चौधरी, दोस्रो उपाध्यक्षमा शम्भु कुमार साह, तेस्रो उपाध्यक्षमा डा.सुनिल रेग्मी रहनुभएको छ । यस्तै सचिव गजेन्द्रकुमार यादव, सह(सचिव कृष्णप्रसाद भट्टराई, कोषाध्यक्ष प्रमोदकुमार साह, सहकोषाध्यक्ष पुनम बिष्ट कार्की, क्लब एड्मिनिस्ट्रेटर अजय कटुवाल, एलसिआईएफ कोर्डिनेटर अनिल शर्मा (चौधरी) र मार्केटिङ कम्युनिकेसन चियरपर्सन तेज साह चयन हुनुभएको छ ।

क्लवले ५ जना निर्देशकहरु पनि चयन गरेको छ । जसमा ज्ञानबहादुर बस्नेत, डा. प्रविणकुमार झा, डा. लक्ष्मी चापागाईं, डा. राजिव रिजाल र बृजकुमार दास रहनु भएको छ ।

क्लवका केही महत्त्वपूर्ण पदमा भने मनोनय गर्न बाँकी रहेको क्लबका संस्थापक अध्यक्ष डा.बालकृष्ण साहले बताउनु भयो ।

शनिबार, २० बैशाख, २०७७, साँझको ०६:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर