विराटनगर । लकडाउनबाट प्रभावित यातायात मजदुरहरुलाई खाद्यान्न उपलब्ध गराउन नगद सहयोग गरिएको छ ।

नेपाल ट्रेड युनियन महासंघसँग आबद्ध संस्था राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको तर्फबाट केन्द्रिय शिक्षा विभागकी सचिव ममता प्रधानले नगद सहयोग गर्नुभएको हो । उहाँले मजदुरहरुलाई खाद्यान्न उपलब्ध गराउन नेपाल यातायात मजदुर सङगठन विराटनगरका अध्यक्ष उत्तम कुमार बन्जारालाई १० हजार ५ रुँपिया नगद सहयोग गर्नुभएको हो ।

उक्त अवसरमा भने नेपाल ट्रेड युनियन महासंघ प्रदेश नं. १ का अध्यक्ष किशोर धमला, सौन्दर्यकर्मी युनियन विराटनगरका सचिव गङगा तामाङ र मजदुर नेता राजन कँडेल लगायतको उपस्थिति रहेको थियो ।