काठमाडौं । सरकारले पार्टीको सल्लाह विपरीत दुई अध्यादेश जारी गरेलगत्तै बढेको विवाद समाधानका लागि नेकपाले सचिवालयको बैठक बुधबार ५ बजेका लागि बोलाएको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीचको भेटपछि सचिवालयको बैठक बोलाइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विरुद्ध मोृर्चाबन्दी हुने आशंका व्यक्त गर्दै बैठक राख्न आनाकानी गर्दै आएको आरोप छ ।
यता सचिवालयको बैठकपछि स्थायी समितिको बैठक मिति तय हुने बताइएको छ । यसअघि तत्काल देखिएको विवाद समाधान र सरकारको समीक्षाको विषयमा छलफल गर्न माग गर्दै अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल निकटका २० जना स्थायी समिति सदस्यहरुले बैठक बोलाउन दुवै अध्यक्षलाई पत्र बुझाएका थिए ।