विराटनगरमा अलपत्र परेकाको उद्धार

विराटनगरमा अलपत्र परेका ईलाम, झापा, सुनसरी, सप्तरी, सिराहा, सर्लाही र धनुषाका सर्वसाधरण तथा विद्यार्थीलाई उद्धार गरी सम्बन्धीत जिल्ला पठाइयो

विराटनगर । लकडाउनको कारण विराटनगरमा अलपत्र परेका ईलाम, झापा, सुनसरी, सप्तरी, सिराहा, सर्लाही र धनुषाका सर्वसाधरण तथा विद्यार्थीलाई उद्धार गरिएको छ ।

विराटनगर महानगरपालिकाको संयोजनमा प्याब्सन विराटनगर, हिसान मोरङ र एन प्याब्सन मोरङले स्कुल बस उपलब्ध गराएपछि उनीहरुको उद्धार गरिएको हो ।

विराटनगरवाट सामाजिक दुरी कायम गरी १४ वटा स्कुल बसमा ३ सय ८५ जना सर्वसाधारण र विद्यार्थीलाई उद्धार गरिएको प्याब्सन मोरङका सचिव अर्जुन श्रेष्ठले जानकारी दिनुभयो । उनीहरुलाई उद्धार गरि उनीहरु सबैलाई निःशुल्क आ–आफ्नो गन्तब्यमा पु¥याइएको हो ।

लकडाउनका कारण विराटनगरमा अलपत्र परेका विद्यार्थीहरु तथा सर्वसाधारणहरुलाई सहज र सरल किसिमले आफ्नो घर पु¥याउन अरु पहल गर्ने विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताउनु भयो । सवारीमा साधनमा लाग्ने इन्धन र सवारी चालक, सह–चालकलगायतलाई महानगरपालिकाले सेवा–सुविधा उपलब्ध गराउने भएको छ ।

बसलाई सेनीटाईज गर्ने, यात्रुलाई मास्क दिने तथा यात्रुको ज्वोरो जाचँ गरेर मात्रै पठाइएको विराटनगर महानगरपालिकाका प्रमुख पराजुलीले बताउनु भयो । आगामि दिनमा पनि सम्पर्कमा आएका समस्यामा परेका व्यक्तिलाई सम्बन्धीत जिल्ला पठाउने प्रमुख पराजुलीले बताउनु भयो । एक महिना लामो समयबाट बिराटनगरमा बन्दाबन्दीका कारण अड्किएका मानिसहरु आफ्नो गन्तब्यमा जान पाउदा खुशी देखिएका थिए ।

सोमबार, १५ बैशाख, २०७७, साँझको ०६:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर