भारतमा कोरोनाबाट ८८४ को मृत्यु, २८ हजार संक्रमित

काठमाडौं । भारतमा कोरोना भाइरसको कारण पछिल्लो २४ घण्टामा ४८ जनाको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ सय ८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा करिब १ हजार ४ सय नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या २७ हजार ९ सय ६४ पुगेको छ ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसको कारण ३४२ जना मानिसको मृत्यु भइसकेको छ भने ८ हजार ६८ जना संक्रमित छन् । त्यस्तै गुजरातमा अहिलेसम्म १ सय ५१ जनाको मृत्यु भइसकेको छ । मध्यप्रदेशमा पनि १ सय ३ जनाको मृत्यु भएको छ ।

नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा अहिलेसम्म १ हजार ८ सय ६८ जनामा यो भाइरसको संक्रमण देखिँदा २९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै बिहारमा २ सय ७४ जनामा यो भाइरसको संक्रमण देखिएको छ भने २ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा ६ हजार एक सय ८५ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

सोमबार, १५ बैशाख, २०७७, बिहानको १०:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर