झापामा थप एक जनालाई कोरोना पुष्टि, प्रदेश १ मा ३१ संक्रमित

विराटनगर । यसअघि एक जनामा कोरोना देखिएको झापामा थप एक जना कोरोना संक्रमित फेला परेका छन् ।

आइतबार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारीका अनुसार नयाँ संक्रमित झापा राजगढ निवासी जमाती हुन् । यसअघि गत शुक्रबार झापाकै दमकका ६२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको थियो ।

यससँगै प्रदेश नं. १ मा कोरोना संक्रमितको संख्या ३१ पुगेको । नेपालमा भने संक्रमितको संख्या ५२ पुगेको छ । संक्रमितमध्ये १६ जना उपचारपछि घर फर्किएका छन् ।

आइतबार, १४ बैशाख, २०७७, साँझको ०७:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर