धरानमा सय बेडको कोभिड १९ अस्पताल सञ्चालनमा

कोरोनासँग लड्न राम्रो तयारी भएकोले आत्तिनु पर्दैनः मुख्यमन्त्री

धरान । सुनसरीको धारन स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारबाट कोरोना भाइरस संक्रमित विरामीको उपचार कोभिड–१९ अस्पताल सञ्चालनमा आएको छ ।

द्वन्द्वपीडितहरुको उपचार गर्न स्थापना गरिएको पुनस्र्थापना केन्द्रमा सञ्चाललनमा आएको कोभिड अस्पतालको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले निरीक्षण गर्नुभएको छ ।

अस्पताल निरीक्षणपछि मुख्यमन्त्री राईले प्रदेश नम्बर १ कोरोना भाइरसको केन्द्रविन्दुको रुपमा देखिएको भएपनि सरकारको तयारी राम्रो रहेकोले आत्तिनु पर्ने अवस्था नभएको बताएका छन् । एक हप्तामा नै विराटनगरमा कोभिड अस्पताल तयार गरको बताउँदै उहाँले संक्रमण देखिएको क्षेत्रमा परीक्षण कार्यलाई तीब्र बनाएको र बीपीमा पनि अस्पताल बनेकोले अब उपचारमा समस्या नहुने उल्लेख गर्नुभयो ।

परिस्थिति हेरेर संख्या अझै बेडसंख्या थप गर्न सक्ने बताउँदै मुख्यमन्त्री राईले कोरोनालाई पराजित गर्न एक ढिक्का भएर जुटेकोकोले आत्तिनुपर्ने र विचलिन हुनुपर्ने अवस्था नरहेको बताउनुभयो । लकडाउनमा पालना गर्नुपर्ने अनुशासनहरु पालना गरेर, संक्रमितहरुलाई उपचारको व्यवस्था गरेर तथा संक्रमण विस्तार हुन नदिएर कोरोना भाइरसलाई पराजित गर्ने उहाँको विश्वास छ ।

प्रतिष्ठानले एक साता समय लगाएर कोभिड अस्पताल तयार गरेको हो । सय बेडको आइसोलेसन भएको अस्पतालमा १० बेड आइसियु रहने प्रतिष्ठानले जनाएको छ । अस्पतालमा वार्ड, अप्रेशन थिएटर, आइसियु, पेडियाट्रिक आइसियु, गाइनो वार्ड,एचडियुलगायत सेवाहरु सञ्चालनमा रहनेछन् ।

प्रदेश १ मा मुलुककै सबैभन्दा धेरै कोरोना संक्रमित देखिएको बेला अस्पताल निर्माण भएको हो । अहिलेसम्म देखिएका संक्रमित ३० जनाको विराटनगरमा रहेको कोशी अस्पताल मातहतको कोभिड १९ उपचार केन्द्रमा उपचार भइरहेको छ ।

बीपीमा निर्माण भएको अस्पतालमा छुट्टै एक्स रे सेवा, भिडियो एक्स रे पनि त्यही हुनेछ भने भविष्यमा सिटि स्क्यान पनि सोही अस्पतालमा राख्ने तयारी छ । अस्पतालमा आएका विरामीलाई वीपीको मुख्य अस्पतालमा आउन नपर्ने गरि सबै सेवाहरु त्यही विस्तार गर्ने योजना रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक ऐरले जानकारी दिनुभयो ।

संघीय सरकारले वीपी प्रतिष्ठानलाई कोभिड १९ उपचारको लागि लेभल थ्री– ३ अस्पतालको स्तरमा वर्गीकरण गरेको छ ।

आइतबार, १४ बैशाख, २०७७, दिउँसोको ०१:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर