पत्रकार सम्मेलनमा किन बोलेनन् टम्प ?

एजेन्सी
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसमा सोमबार पत्रकार सम्मेलन त गरे तर पत्रकारले सोधेको कुनै पनि प्रश्नको जवाफ दिएनन् । पत्रकारको प्रश्नको जवाफ नदिएपछि सबै चकित भए । यसलाई कोरोनाभाइरसको विषयमा हुने दैनिक पत्रकार सम्मेलनलाई बन्द भएको संकेतको रुपमा बुझिएको छ ।

दिनहुँ पत्रकार सम्मेलन गर्दा आगामी राष्ट्रपति निर्वाचनको अभियानमा धक्का लाग्न सक्ने सल्लाहकारको सुझावलाई ध्यानमा राखेर ट्रम्पले पत्रकार सम्मेलन बन्द गर्न चाहन्थे । दिनहुँ पत्रकार सम्मेलन गर्दा ट्रम्प भड्किदै गएका थिए जसले उनलाई अप्ठ्यारो पर्नसक्ने अनुमान गरिएको थियो ।

ट्रम्पले आफैंले पनि पत्रकार सम्मेलनको कुनै अर्थ नभएको बताएका छन् । पछिल्ला केही हप्तामा ट्रम्पले आफ्नो पत्रकार सम्मेलनमा कोभिड–१९ संक्रमणलाई निको पार्नका लागि प्रमाणित नभएका र गलत स्वास्थ्य सल्लाह दिएको भन्दै आलोचना बढेको थियो ।

बोलेका कारण आलोचना खेपेका ट्रम्पले शुक्रबार पत्रकार सम्मेलनमा कुनै पनि प्रश्नको जवाफ दिएनन् र मौन बसे । २२ मिनेटको बन्द कोठामा आयोजित छलफलपछि बाहिर निस्किए ।

आइतबार, १४ बैशाख, २०७७, बिहानको ०९:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर