विराटनगर । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वका २ लाख व्यक्तिको मृत्यु भएको छ । शनिबार रातको १० बजेसम्म विश्वमा भाइरका कारण ज्यान गुमाउनेको संख्या २ लाख ७४१ जना पुगेको छ ।
सन् २०१९ डिसेम्बर अन्तिम साता चीनमा मानिसबाट मानिसमा संक्रमण भएर फैलिएको कोरोना भाइरसले साढे ३ महिनाको अवधिमा झण्डै २९ लाख व्यक्तिलाई संक्रमित बनाइसकेको छ । अहिलेसम्म विश्वका २८ लाख ७३ हजार ६४५ व्यक्ति उक्त भाइरसबाट संक्रमित भएको वलर््डोमिटरले जनाएको छ । भाइरु संक्रमणमा परेका ८ लाख २३ हजार ३०६ जना भने उपचारपछि निको भएका छन् । अहिले पनि विश्वमा १८ लाख ४९ हजार ५९८ जना संक्रमित छन् ।
भाइरसका कारण अमेरिकामा सबै भन्दा धेरै व्यक्तिको मृत्यु भएको छ । अमेरिकामा ५२ हजार ९१४ जनाको मृत्यु भएको छ । त्यहाँ ९ लाख ३० हजार ९५१ व्यक्तिलाई संक्रमण भइसकेको छ ।
यसैगरी इटलीमा २६ हजार ३८४ जना र स्पेनमा २२ हजार ९०२ जनाको ज्यान गएको छ । फ्रान्समा २२ हजार २४५ जना र बेलायतमा २० हजार ३१९ जनाको मृत्यु भाइरसकै कारण भइसकेको छ । भाइरस संक्रमण हुने र मानिसहरुको मृत्यु हुने क्रम अहिले पनि बढिरहेको छ ।