विराटनगर । अहिलेसम्म ३० जनामा कोराना संक्रमण देखिएको प्रदेश नं १ मा पाँच हजार बढीको कोरोना परीक्षण भएको छ ।
शनिबारसम्म प्रदेश १ मा ५ हजार २ सय १२ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा रहेको कोरोना सूचना डेस्कले जनाएको छ ।
द्रूत परीक्षण विधि (आरडीटी) बाट शनिबारसम्म जम्मा ४ हजार २ सय ९८ जनाको परीक्षण भएको छ । त्यस्तै ल्याबमा स्वाब लगेर परीक्षण गरिने विधि पीसीआरबाट ९ सय १४ जनाको कोरोना परीक्षणमा भएको छ ।
प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या शनिबारसम्म १ हजार २ सय ४ जना पुगेको छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३१ जना छन् ।
कोरोना संक्रमितहरु ३० जना विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

