कोरोनाबाट धराने युवाको दुबईमा मृत्यु

धरान । वैदेशिक रोजगारीमा गएका सुुनसरीको धरान ११ कल्याण चोक बस्ने एक युवाको दुबईमा कोरोनाबाट मृत्यु भएको छ ।

एक साताअघि अमर बान्तवा (राई)को कोरोनाको कारण निधन भएको मेडिकल रिपोर्ट उनी कार्यरत कम्पनीले परिवारजनलाई पठाएको छ ।

राईको निधन दुबईमा निधन भएको खबर आएपनि त्यसको कारण खुलेको थिएन । अहिले मेडिकल रिपोर्ट आएपछि उनको कोरोनाकै कारण मृत्यु भएको पाइएको आफन्तजनले बताएका छन् । कोरोनाले मृत्यु भएको कारण अमरको शव दुबईमा नै अन्त्येष्टि गरिने भएकोले त्यसको लागि स्वीकृतिको सिफारिश वडाले उपमहानगरमार्फत पठाइदिएको धरान ११ का वडासदस्य कृष्णप्रसाद रिजालले जानकारी दिनुभयो ।

धरान उपमहानगरपालिकाका उपमेयर मञ्जु भण्डारी सुवेदीका अनुसार उपमहानगरपालिकाले परराष्ट्र मन्त्रालयमा सिफारिश गरिसकेको छ । मृतकको शव यता ल्याउन नमिल्ने भएकोले दुबईमा नै अन्त्येष्टि गर्न परिवारको अनुमति मागिएकोमा पठाइसकेको उहाँले बताउनुभयो ।

आफूलाई केही दिन अगाडि कोरोना संक्रमणका कारण क्वारेन्टइनमा रहको बताएका अमरको एक साता अघि दुबई स्थित अमेरिकनअस्पतालमा निधन भएको श्रीमती हरीमाया राई जानकारी दिनुभयो । राईका श्रीमति र सानी छोरी छन् । दुबईमा लामो समयदेखि कार्यरत उनी एक वर्ष अघि विदामा आएर फर्किएका थिए ।

शनिबार, १३ बैशाख, २०७७, साँझको ०७:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर