काठमाडौं । उच्चस्तरीय समन्वय समितिको बैठकले आन्तरिक एवम् वाह्य हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित नै राख्ने निर्णय गरेको छ ।
शनिबार बसेको उच्चस्तरिय समितिको बैठकल हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
यसअघि वैशाख १८ गतेसम्मका लागि हवाई सेवामाथि रोक लगाइएको थियो । प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीका अनुसार समितिको बैठकले जेठ २ (मे १५) सम्मका लागि सबैखाले उडानलाई लकडाउनमा नै राख्ने निर्णय गरेको हो ।
सचिव विडारीले कति दिन थप्ने या नथप्ने भन्ने तय मन्त्रिपरिषद बैठकले तय गर्ने जानकारी दिनुभयो । बैठकमा लकडाउन अहिलेसम्म सफल भएको र संक्रमण फैलन नपाएको निश्कर्ष निस्किएको छ । छिमेकी मुलुकको अवस्थालाई विचार गरी लकडाउन थपबारे निर्णय गर्ने सुझाब समितिले दिएको छ ।