मन्त्री आङ्बो भन्नुहुन्छ ‘गाउँ फर्किने क्रमले चिन्ता बढायो’

विराटनगर । लकडाउनको समयमा शहरबाट गाउँ फर्कने क्रम बढ्दै गएको भन्दै १ नम्बर प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले चिन्ता व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मन्त्री आङ्बोले अस्पताल, खाद्यान्नको सुलभता तथा अन्य पूर्वाधारका हिसाबले गाउँभन्दा सहरहरु नै सुरक्षित रहेको मन्त्री आङ्बोले बताउनुभएको छ ।

सरकारले खाद्यान्न अभाव भएकाहरुलाई खाद्यान्न आपूर्ति गर्ने तथा रोग सङ्क्रमणको सम्भावना भएकाहरुलाई क्वारेन्टाइन आदिमा राख्नका लागि आवश्यक प्रवन्ध गरिरहेको तर ठूलो संख्यामा गाउँ फर्केकाहरुलाई स्थानीय सरकारले क्वारेन्टाइनमा राख्न सक्ने अवस्था नहुने भनि उहाँले चिन्ता व्यक्र गर्नुभएको छ ।

अहिले बाटोमा अलपत्र परेका व्यक्तिहरुलाई गन्तव्यसम्म लैजाने काम भइरहेको भन्दै उहाँले सबैलाई गाउँ फर्काउने कुरा सम्भवन नहुने भन्दै उहाँले गाउँ सुरक्षित छ भन्ने भ्रममा पर्न नहुने पनि बताउनुभएको छ । उहाँले शहरबाट गाउँ फर्किने क्रम बढेसँगै गाउँपनि आतंकित हुन थालेको र जोखिम पनि बढेको भन्दै गाउँ फर्केकाहलाई अनिवार्य क्वारेन्टाइनमा बस्नसमेत आग्रह गर्नुभएको छ ।

मन्त्री आङ्बोको स्टाटसमा भनिएको छ ‘कोराना सन्त्रास र लकडाउनको कारण केही दिनदेखि काठमाडौ र अन्य स्थानबाट गृह जिल्ला र गाउँ फर्कने र फर्कन चाहनेको उल्लेख्य संख्याले निक्कै चिन्तित बनाएको छ।सुबिधा सम्पन्न अस्पताल अन्य पुर्वाधार र केन्द्रिय राजधानी भएकोले तुलनात्मक रुपमा काठमाडौ र अन्य सहरहरु नै अहिले सबै भन्दा सुरक्षित छ।खाध्यन्न अभाव वा अन्य समस्याको समाधान सरकारको निकायहरुबाट भैरहेकै छ हुने नै छ।बाटोमा अलपत्र पर्नु भएका र अन्य बिपतमा पर्नु भएका हरुको निम्ति मात्र यातायात र क्वारेन्टाइनको ब्यबस्थापन गरिएको सन्दर्भमा यो स्तरको ठूलो संख्यालाई यातायात र क्वारेन्टाइनको ब्यबस्थापन गर्न सम्बन्धित स्थानिय तहलाइ सहज पक्कै पनि छैन।कोरोना भाइरसबाट ग्रामीण क्षेत्र चाहिँ सुरक्षित छ भन्ने गलत बुझाइले पनि यो समस्या आइरहेको छ,ग्रामीण क्षेत्र अझ आतंकित बन्दै छ।जति फर्कनु भएको छ नियम बमोजिम अनिबार्य क्वारेन्टाइन बसौं स्वास्थ्य परिक्षण गरौ,सम्भब भएसम्म जहाँ छौं त्यही सुरक्षित बसौं ।।।।’

शनिबार, १३ बैशाख, २०७७, बिहानको १०:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर