कोरोना उत्पत्तिको स्वतन्त्र छानविनको माग चीनद्वारा अस्वीकार

काठमाण्डौ । कोरोना भाइरसको उत्पत्तिबारे यूरोपेली युनियन र अमेरिकाले स्वतन्त्र जाँचको माग गरिरहेको बेला त्यसलाई चीनका एक जना शीर्ष कुटनीतिज्ञले अस्वीकार गरिदिएका छन् ।

बेलायतमा चीनका शीर्ष कूटनीतिज्ञ चेन वेनले यो माग राजनीतिबाट प्रेरित भएको भन्दै उक्त माग अस्वीकार गरेको बीबीसीले जनाएको छ । उनले कोरोना भाइरविरुद्ध चीनको लडाइँ कमजोर बनाउने कोसिस अन्तर्गत यस्तो माग राखिएको बताए ।

चीनको हुबेई प्रान्तस्थित वुहान शहरको पशुपंक्षी बजारबाट कोरोना भाइरस फैलिएको थियो ।

यद्यपि यूरोपेली युनियनको रिपोर्टमा चीनले कोरोना भाइरससँग सम्बन्धित सूचनाहरु लुकाएको उल्लेख छ । अमेरिकाले त पशुपक्षी बजारबाट नभइ ल्याबबाट भाइरस फैलिएको आशंका गर्दै स्वतन्त्र विशेषज्ञहरुलाई चीन आउन दिएर यसबारे अनुसन्धान गर्न दिनुपर्ने माग राखेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरससँग सम्बन्धित सूचनासँगै यसबाट मृत्यु हुनेहरुको संख्या पनि चीनले लुकाएको आरोप लगाउँदै आएका छन् ।

शनिबार, १३ बैशाख, २०७७, बिहानको ०७:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर