लोड हुँदैछ...

मेनु

कोरोना जनसुरक्षा कोषमा २८ करोड ७८ लाख जम्मा, १२ करोड ६ लाख खर्च

कोरोना जनसुरक्षा कोषमा २८ करोड ७८ लाख जम्मा, १२ करोड ६ लाख खर्च

विराटनगर । प्रदेश १ सरकारले कारोना रोकथाम, नियन्त्रण र उपचारको लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा २८ करोड ७८ लाख ८६ हजार ७ सय २५ रुपैयाँ जम्मा भएको छ ।

कोषमा प्रदेश सरकारले सुरुवातमा १० करोड जम्मा गरेको थियो । उक्त रकम खर्च भइसकेपछि १५ करोड थप गरी २५ करोड रुपैयाँ पु¥याइएको हो ।

बाकी ३ करोड ७८ लाख रुपैयाँ प्रदेशका मन्त्रीहरु, सभामुख र उपसभामुखको एक महिनाको तलब, सांसदहरुको १५ दिनको तलब तथा कर्मचारीहरुको सहयोग र निजी क्षेत्रको सहयोगमा जम्मा भएको हो । कोषमा विभिन्न संघसंस्था, वित्तिय क्षेत्र, उद्योगी, व्यवसायी, कर्मचारी लगायतले रकम जम्मा गर्ने क्रम जारी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मुकुन्द प्रसाद निरौलाले जानकारी दिनुभयो ।

कोषबाट कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि १२ करोड ६ लाख खर्च भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लेखा अधिकृत योग्यप्रसाद राईले जानकारी दिनुभयो । राष्ट्रिय बाणिज्य बैङ्क विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।