विराटनगर । विराटनगरस्थित वल्र्ड भिजन इन्टरनेशनलले प्रदेश सरकारलाई ३४ लाख बराबरको व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामाग्रीहरु हस्तान्तण गरेको छ ।
बिहिबार वल्र्ड भिजन ईन्टरनेशनलका पुर्व क्षेत्रीय व्यवस्थापक विनय आमात्यले प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई २ सय १५ थान पिपिई सेट र ३२ थान ईन्फ्रारेड थर्मोमिटरसहितका सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
प्रदेश सरकारलाई हस्तान्तरण गरिएको सामाग्रीहरुमा एन ९५ मास्क, सर्जिकल मास्क, मेडिकल प्रोटेक्टिभ क्लोथ, इलेक्ट्रोनिक थर्मोमिटर, ग्लब्स र ह्याण्ड सेनिटाईजर लगायतका सामाग्रीहरु समावेश छन् । पिपिई सेट हस्तान्तरण गनुहुँदै वल्र्ड भिजन ईन्टरनेशनलका प्रतिनिधि आमात्यले प्रदेश नं. १ का मोरङ, सुनसरी र उदयपुर जिल्लामा पनि स्थानीय तहसँगको समन्वयमा विभिन्न स्वास्थ्य सुरक्षाका सामाग्रीहरु हस्तान्तरण गरिएको बताउनुभयो ।
मुख्यमन्त्री राईले अग्रभागमा कोरोना संक्रमणको उच्च जोखिममा रहेर कार्य गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई प्रमुख प्राथमिकताका साथ उक्त सामाग्रीहरु वितरण गरिने जानकारी दिनुभयो ।।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।