दुई संक्रमित थपिए, दुई निको भए

विराटनगर । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जना कोरोनाभाइरस संक्रमित निको भएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा उनीहरू डिस्चार्ज भएको जानकारी दिनुभयो। ८१ वर्षीय आमा र छोरा ५८ वर्षीय उपचारपछि निको भएका हुन् ।

चैत पहिलो साता बेलायतबाट फर्किएका उनीहरूलाई केही दिनअघि आमाछोरामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। उनीहरूलाई वैशाख १ गते र्‍यापिड टेस्ट गर्दा कोरोनाभाइरसको एन्टिबडी पोजेटिभ देखिएकोमा पाटन अस्पतालमा भर्ना गरिएको थियो।

अस्पताल भर्ना भएको १० दिनपछि उनीहरू डिस्चार्ज भएका हुन्। नेपालमा कोरोनाभाइरसको संक्रमणपश्चात सबैभन्दा छिटो निको भएका उनीहरू नै हुन् । अहिलेसम्म ९ जना संक्रमित उपचारपछि घर फर्किएका छन्।

यसैबीच बिहीबार थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ । उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहिबार, ११ बैशाख, २०७७, दिउँसोको ०४:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर