काठमाडौं । बुधबार साँझ जनकपुरबाट हराएका सामाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई नेकपाकै दुई सांसद र पूर्वआईजीपीले काठमाडौं लगेको खुलेको छ ।
प्रधानमन्त्रीको निर्देशमा सांसद यादवलाई अपहरण गरेको आरोप यसअघि समाजवादी पार्टीले लगाएको थियो ।
यादवलाई नेकपाका सांसदहर महेश बस्नेत र किशान श्रेष्ठ तथा पूर्वआईजीपी सर्बेन्द्र खनालले जनकपुरबाट काठमाडौं ल्याएको खुलेको छ । समाजवादी पार्टी विभाजनको लागि सांसद अपुग भएपछि सोही प्रयोजनको लागि काठमाडौ ल्याएर एक होटलमा राखिएका यादव बिहीबार विहानै होटलबाट निस्केर पार्टीको सम्पर्कमा पुगेका थिए ।
पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदिप पाण्डेले प्रधानमन्त्रीको ठाडो आदेशमा डा.यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याएको बताउनुभएको थियो । सांसद यादवले पनि आफूलाई झुक्यानमा पारेर तथा आउन नचाहेको अवस्थामा दबाब दिएर काठमाडौं ल्याएको बताउनुभएको छ ।
‘समाजवादी पार्टी विभाजन गराउने उद्देश्यसहित काठमाडौं ल्याएको बुझेपछि म आफैं पार्टीको सम्पर्कमा पुगेको हुँ’ यादवले भन्नुभयो, ‘प्रधानमन्त्रीले भेट्न बोलाउनुभएको छ भनेर घरमै तीजना आएपछि म काठमाडौं आएको हुँ ।’
सामाजवादीका ७ जना सांसदहरुलाई नक्साल स्थित म्यारियट होटलमा राखिएको थियो। त्यहाँ विभाजन र भागवण्डाको तयारी भइरहेकोमा केही सांसदले दह्रो खुट्टा टेक्न नसकेको देखेपछि डा. यादवलाई जनकपुरबाट लगिएको थियो ।
उनीहरुलाई राती ३ बजे यादवलाई होटल मेरिटमा ल्याएर छोडेका थिए। काठमाडौं ल्याउँदा बाटोबाट बस्नेतले यादवको प्रधानमन्त्री केपी ओलीसँग कुरा गराएको र मन्त्री बनाउने आश्वासन यादवलाई दिएको समाजवादी पार्टीले जनाएको छ ।
सांसद यादवका अनुसार बुधबार साँझ पूर्वआइजिपी खनालले फोन गरेका थिए । ‘प्रधानमन्त्रीले भेट्न चाहेको उनले बताएपनि आपूmले लकडाउन खुलेपछि मात्र काठमाडौं आउँछु भनेको थिए’ उहाँले भन्नुभयो, ‘तर, दुई सांसदसहित खनाल आफू भएको स्थानमै पुगेपछि उनी काठमाडौं आएका थिए । खनाल र बस्नेतले सांसद यादवलाई आफ्नै गाडीमा राखेका थिए भने यादवको गाडी भने पछिपछि आएको थियो ।
राति ३ बजे पूर्वआइजिपीसहितले सांसद यादवलाई होटल मेरियटमा ल्याएर छोडिदिएका थिए। सांसद यादव फुत्किएर आएपछि समाजवादी पार्टी फुटाउने प्रधानमन्त्री ओलीको योजना कमजोर भएको थियो । सांसद यादव फुत्किएपछि समाजवादी पार्टी फुटाउन सहमत भएका अरू कतिपय सांसद पनि हच्किएर पार्टी फुटाउन नेतृत्व गर्ने रेणु यादव र महम्मद इस्तियाक राई पनि पछि हटेका छन्।
अपहरण भएको हो कि हैन ?
सांसद यादवको अपहरण भएको समाजवादी पार्टीले जनाएको छ । सांसद यादवले आपूmलाई अभद्र व्यवहार नभएपनि दबाब दिएर काठमाडौं ल्याएको बताउनुभएको छ । प्रधानमन्त्रीले भेट्न खोजेको भनेर झुक्याएर ल्याएको र काठमाडौं आउँदा पार्टी फुटाउनको लागि ल्याएको बुझेपछि होटलबाट पार्टीकै सम्पर्कमा पुगेको उहाँको भनाई छ ।
मुलुकी अपराध संहिता अनुसार कसैलाई झुक्यानमा पारेर लैजानु पनि अपहरण हो । संहिताको परिच्छेद १७, दफा २११ का अनुसार कुनै व्यक्तिलाई बल प्रयोग गरी वा सो प्रयोग गर्ने धम्की दिई, छलकपट गरी वा डरत्रासमा पारी, जोर जुलुम गरी, हातहतियार देखाई वा नदेखाई वा झुक्यानमा पारी वा नशालु पदार्थ वा मादक पदार्थ सेवन गराई वा कुनै व्यक्ति यात्रा गरीरहेको सवारी साधन कुनै किसिमले कब्जा वा नियन्त्रणमा लिई वा त्यसउपर कुनै किसिमले नियन्त्रण गरी निजलाई कुनै ठाउँमा लगेमा वा जान बाध्य गराएमा अपहरण हुने उल्लेख छ ।
सांसद बस्नेतको खण्डन
नेकपाका सांसद बसनेतले भने यादवको अपहरणको आरोप खण्डन गर्नुभएको छ । यादवसँग महोत्तरीमा भेट भएको र सँगै काठमाडौं आएको बताउँदै उहाँले यादवकै आग्रहमा प्रधानमन्त्रीसँग भेट गराईदिने बताएको भएपनि समाजवादीका कार्यकर्ताले होटलबाट अपहरण गरेर लगेको सनराईज खबर अनलाईनसँगको अन्तरवार्तामा बताउनुभएको छ ।
सांसद यादवले बिहीबार नै हिमालय टिभीलाई दिएको प्रतिक्रिया यस्तो छः
यो जुन अध्यादेश ल्याइएको छ, हाम्रो प्रधानमन्त्रीको पनि पार्टीभित्रै स्पष्टीकरण दिनुपर्ने अवस्था भइसकेको छ । यो किन ल्याउनु भो ? समाजवादी फुटाउन । तर, समाजवादी फुट्ने अवस्था देखिएन । यसमा मलाई पक्कै पनि टार्गेट गरिएको हो । त्यसअनुसार दुईजना नेकपाका माननीय महेश र किसनजी खबर नदिइकन पुग्नुभयो । आइजीपी साहेब ९सर्वेन्द्र खनाल० सँग मेरो पहिल्यै देखिको चिनाजानी हो । एमपीसाबहरुसँग पुरानै चिनाजानी । उहाँहरुले खासै कुनै नराम्रो व्यवहार मसँग गर्नुभएको छैन । तर, एकचोटि प्रधानमन्त्रीजीसँग भेट्नैपर्यो भन्ने किसिमको दबाव आयो ।
लकडाउनका बेलामा मेरो काठमाडौं आउने विचार थिएन । आउँदा आउँदै ढीला भयो । राति तीन बजिहाल्यो । उहाँहरुको मनसाय बुझेपछि बिहान मर्निङवाक गर्दै बाहिर निस्किएँ । मर्निङवाक गर्दै अध्यक्षजीकहाँ पुगिहालें ।
मेरो सपना थियो, त्यो आज साकार भएको छ । तीनवटा एउटै विचारधारका पार्टीहरु थिए । मैले नयाँ शक्तिबाट सुरु गरें । अर्को त्यस्तै विचारधाराको संघीय समाजवादी पार्टी थियो । त्यस्तै मधेसको प्रतिनिधित्व गर्ने बलियो पार्टी राजपा थियो । नयाँ शक्ति र संघीय समाजवादीको मिलन हुँदा दुबै पार्टीमा म आफैं बसेको हुँ । अहिले म जसरी सांसद भएको छु, राजपा र फोरमको एकताले भएको हुँ ।
यस्तो अवस्थामा सधैंका लागि हेर्ने हो भने जति पनि पिछडिएको समुदाय र संविधान संवोधन नभएका कुराहरु आजको दिनमा उठाउने हो भने अहिले दुबै पार्टीहरु एक हुनु योभन्दा राम्रो मेरा लागि अरु के होला र ।
मेरो ग्रुपमा कोही पनि थिएन । यस्तो कुरा हो भन्ने थाहा पाएको भए म काठमाडौं आउने नै थिइनँ । मैले पार्टीमा विद्रोह गर्ने कुरै थिएन । मैले त जे चाहेको थिएँ, त्यो अहिले पूरा भएको छ । मैले असन्तुष्ट हुनुपर्ने कुनै कारणै छैन । राज्यमन्त्री बनेँ, सांसदको टिकट पाएँ । मैले असन्तुष्ट हुनुपर्ने कुनै ठाउँ नै छैन ।
मेरातर्फबाट यस्तो काम जिन्दगीमा हुँदैन । किनभने, म अहिले पनि पेशाले डाक्टर मान्छे हुँ । खासगरिकन मधेसको मुद्दाबाट म उठेको हुँ । मेरो पृष्ठभूमि तपाईहरु राम्रोसँग हेर्न सक्नुहुन्छ । म पार्टीमा पहिले पनि थिएँ, अहिले पनि उहाँहरुसँगै छु ।
‘मिडियाबाट कुराहरु आएपछि मैले रेणु यादवसँग पनि कुरा गरें । उहाँले असन्तुष्टि मात्रै पोख्नुभयो । तर, उहाँको पनि धेरै मेहनत छ यो पार्टीमा । त्यसैले मलाई त विश्वास छैन कि उहाँले यस्तो (विद्रोह) गर्नुहुन्छ होला ।
उहाँ संघीय समाजवादीमा उपेन्द्र यादवपछिको सिनियर महिलामा पहिलो लिडर हुनुहुन्छ । उहाँ बोल्ड महिलाका रुपमा हुनुहुन्छ । पार्टीमा उहाँको स्थान पनि धेरै राम्रो र सुरक्षित हो । उहाँले धेरै उतार( चढावहरु पनि देख्नुभएको छ । नयाँ पार्टी खोल्नु भनेको त्यो धेरै नै विकटै कुरा हो । पार्टी खोल्न, आर्थिक(भौतिकरुपले धेरै नै समस्या हुन्छ । थ्रेसहोल्डका कुराहरु पनि छन् ।
कहीँ न कहीँबाट पार्टीभित्र यस्ता असन्तुष्टिका कुराहरु आएको पक्कै पनि हो । नआएको होइन । तर, हामी अलग्गै जाँदैछौं भनेर मलाई कसैले एप्रोच गरेको छैन ।
मेरो प्रमुख सचेतक उमाशंकर अरगरियाजीसँग पनि कुराकानी भयो । उहाँ पनि अलिकति असन्तुष्ट पक्कै पनि हुनुहुन्छ । तर, यो पार्टी तोड्न लागेको मैले खासै देखिनँ ।