संक्रमित बढेसँगै सर्बसाधारणमा त्रास

विराटनगर । नेपालमा पनि कोरोना संक्रमित बिरामीको संख्या बढदै गएपछि आम नागरिकमा त्रास सिर्जना भएको छ । बिशेषगरी प्रदेश नं. १ मा हरेक दिन संक्रमितको संख्या बढ्दै गएपछि नागरिकहरु त्रसित छन् ।

कोरोना सङक्रमितको उपचारका निम्त्ति प्रदेश सरकारले विराटनगरमा कोभिड–१९ उपचार केन्द्र (कोरोना बिशेष अस्पताल) को स्थापना गरेको छ । अस्पतालमा सीमित आईसोलेसन बेड रहेकोले यहि रफ््तारमा संक्रमित भेटिए उपचार कसरी गर्ने भन्ने चिन्ता देखिएको छ । प्रदेश १ मा संक्रमित देखिएका ३० जनामध्ये ४ जना विराटनगरकै रहेको र उनीहरुको ट्राभल हिष्ट्री नखुलेकोले सर्वसाधारण जोखिममा छन् ।

प्रदेश सरकारले कोरोना संक्रमणको सम्भावित जोखिमबाट जुध्न आवश्यक तयारी गरिरहेको जनाईएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना भाईरसको पहिचान गर्न आरडीटी र स्वाब परीक्षणलाई प्रमुख प्राथमिकतामा राखेको बताउँदै कोरोना पोजिटिभ देखिएकालाई विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा उपचार भईरहेको जानकारी दिनुभयो ।

उदयपुरमा देखिएको कोरोना संक्रमितको अनुपातलाई मध्यनजर गर्दै प्रदेश सरकारले उपचार क्षमता बढाउने तयारीमा जुटेको जनाएको छ । कोरोना संक्रमित बिरामीको उपचारका निम्त्ति प्रदेश सरकारले विराटनगरस्थित ५० शैय्याको कोरोना बिशेष अस्पताललाई १ सय शैय्यामा विस्तार गर्ने काम भइहरेको मन्त्री घिमिरेले बताउनुभयो ।

यसका साथै आगामी ७ दिनभित्र धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि २ सय बेड क्षमताको अस्पताल निर्माण हुने मन्त्री घिमिरेले बताउनुभएको छ । उहाँले उदयपुरका अस्पतालहरुको स्तरोन्नति गरेर त्यहाँबाट समेत सेवा सुचारु गर्ने तयारी भईरहेको बताउनुभयो ।

त्यस्तै प्रदेश सरकारले बढदै गएको कोरोना भाईरसको सङक्रमणसँगै लम्बिँदै गएको लकडाउनमा बढी जमघट हुने मन्दिर, मस्जिद, गुम्बा र चर्च लगायतका सार्वजनिक स्थलहरुमा समेत निगरानी बढाएको छ । यसका साथै प्रदेश सरकारको समन्वयमा सीमावर्ती क्षेत्रहरुमा पनि करिब ५ हजार सुरक्षाकर्मीहरु तैनाथ गरिएको जनाईएको छ ।

बिहिबार, ११ बैशाख, २०७७, बिहानको ०८:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर