उदयपुरमा थप तीन संक्रमित, देशभर ४८, उदयपुरमा नै ३० संक्रमित

विराटनगर । उदयपुरमा बुधबार छ जना संक्रमित थप भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ भने उदयपुरमा ३० ।

संक्रमितमध्ये ४ जना विराटनगरका बासिन्दा हुन । १२ जना भारतीय नागरिक र बाँकी १४ जना उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केका हुन्।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्वारेन्टाइनमा बसेका तीन जना संक्रमित थपिएको जानकारी दिएकोमा अरु तीन जनामा संक्रमण पुष्टि भएको बुझिएको छ । नेपाली सेनाको टोलीले काठमाडौं लगेको स्वाबको परीक्षणमा थप ३ जनामा कोरोना पाइएको हो ।

थप तीन जनामा संक्रमण देखिएको जानकारी प्रदेश सरकारसम्म आइसकेको भएपनि संघीय सरकारले मात्र औपचारिक डाटा सार्वजनिक गर्ने गरेकोले भोलि मात्र त्यो डाटा सार्वजनिक हुनेछ । थप भएका संक्रमितमध्ये एक जनालाई बुधबार नै विराटनगर ल्याएर अस्पताल भर्ना गरिएको छ ।

उदयपुरको त्रियुगा ३ भुल्केस्थित नुरी मस्जिदमा रहेका १२ भारतीय र चार नेपालीमध्ये गत शुक्रबार ११ भारतीय र १ नेपालीमा कोरोना पुष्टि भएको थियो । यस्तै शनिबार उनीहरु मध्येका अर्का नेपालीमा कोरोना पुष्टि भयो । बाँकी दुई नेपाली र एक भारतीयलाई टाँडी क्वारेन्टाइनमा राखिएकोमा बुधबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएसँगै उनीहरुलाई पनि कोभिड १९ अस्पताल ल्याएर भर्ना गरिएको छ ।

भुल्केको मस्जिद आसपासका ११ जनामा मंगलबार कोरोना पुष्टि भएको थियो । उनीहरुलाई पनि विराटनगर स्थित सोही अस्पतालमा भर्ना गरिएको छ ।

मुख्यमन्त्री कार्यालयको सुचना डेस्कका अनुसार बुधबार टाँडीका ३ जना र उदयपुरका एक जनामा कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरिएको छ । अस्पतालमा अहिले २ महिलासहित २८ जनालाई राखिएको छ ।

नेपालमा कोरोना संक्रमित भएकामध्ये ७ जना उपचारपछि घर फर्किएका छन् ।

बुधबार, १० बैशाख, २०७७, रातीको ०९:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर