विराटनगर । उदयपुरको भुल्केबाट नेपाली सेनाले संकलन गरेको स्वाब परीक्षणमा एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मंगलबार प्रवक्ता डा. विकास देवकोटाले नेपाली सेनाको टोलीले संकलन गरेको स्वाबमध्ये एक जना ३३ वर्षीय पुरुषमा कोरोना देखिएको जानकारी दिनुभयो ।
यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा बसेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुसँग सम्पर्क भएका व्यक्तिहरुको स्वाब संकलन गरेर काठमाडौंमा परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उदयपुरबाट ३२० जनाको नमुना संकलन गरिएको गरी परक्षण भइरहको छ । जसमध्ये विराटनगरमा ६९ जनाको परीक्षण भइहरेको छ ।
मंगलबार नेपाली सेनाको नेतृत्वमा गएको टोलीले नमुना संकलन गरेर काठमाडौं ल्याएको थियो । बाँकी कतिपयको स्वाब परीक्षण भइहरेको तथा विराटनगर र धरानमा भएको परीक्षणको अन्तिम नतिजा आइनसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विराटनगरमा गरिएको परीक्षणमा ८ जनामा कोरोना देखिएकोमा उनीहरुको धरानमा पुनः परीक्षण भइरहेकोले त्यसको नतिजा आएपछि मात्र मन्त्रालयले सार्वजनिक गर्नेछ ।